ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँट तथा रकम फिर्ता 

२०७८ सावन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले असार ६ गतेदेखि २० गतेसम्म विक्री गरेको ऋणपत्र साउन १ गते बाँडफाँट गरेको हो । 

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरको रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानी कोषमा १५ हजार कित्ता सहित सर्वसाधारणका लागि ३ लाख कित्ता बाँडफाँट गरेको हो । बाँकी ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ । 

१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । 

यो ऋणपत्र विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख ६ गते नै अनुमति पाएको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्