ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल 

२०७८ सावन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २३ गते बाँडफाँट गरेको थियो । उक्त आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी समेत एनएमबि क्यापिटलले नै पूरा गरेको थियो । कम्पनीको आईपीओ यसै सातादेखि कारोबारमा आउने गरी सूचीकरण प्रकृया अघि बढीसकेको जानकारी क्यापिटलले दिएको छ । 

आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. ६० करोड ८४ लाख पुगेको छ । आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । 

नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्