ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

धातु परीक्षण प्रयोगशाला बन्ने

२०७८ सावन, ३  
१० वर्ष अघि
NA

नेपालमै धातुका सामग्री परीक्षण गर्ने प्रयोगशाला बन्ने भएको छ । नेपाल हस्तकला महासंघ र नेपाल सरकारको संयुक्त लगानीमा प्रयोगशाला निर्माण हुन लागेको हो ।

चाँदीका गहनामा क्याडियम रसायन भेटिनुका साथै जिंक, सिसा र तामाको गुणस्तरमा पनि आशंका गरिएका कारण प्रयोगशाला निर्माण गर्न लागिएको नेपाल हस्तकला महासंघका अध्यक्ष विकासरत्न धाख्वाले बताए । डिस्पर्सिभ स्पेक्ट्रो मिटर एक्सरे मेसनबाट धातुको परीक्षण गरिन्छ । उक्त मेसिन जापानबाट ल्याउने तयारी गरिएको छ । मेसिनको मूल्य रू. १ करोड २० लाख रहेको छ । उपकरण किन्नका लागि सरकारले ४९ प्रतिशत र उद्योगीहरूले ५१ प्रतिशत रकम सहयोग गर्ने धाख्वाले बताए ।

‘रकम पाएको तीन महिनाभित्रमा उपकरण नेपाल ल्याइनेछ’ धाख्वाले भने । सरकारले आगामी वर्षको बजेटमा उपकरणका लागि पैसा छुट्याउने आश्वासन दिएको धाख्वाले बताए । ‘दुई वर्षको प्रयासपछि बल्ल सरकारले वचन दियो,’ उनले भने । चाँदीबाट निर्मित सामानहरू क्याडियम रसायन भेटिएपछि अन्तर्राष्ट्रिय बजारबाट नेपाली धातुका सामानहरू फिर्ता हुने गरेका छन् । यसले नेपाली हस्तकलाको व्यापारमा ठूले असर पारेको छ । उपकरणको प्रयोगपछि सामानमा मिसावट नभएको प्रमाणपत्र दिइने जानकारी दिँदै धाख्लाले भने, ‘त्यसपछि चाँदीका सामानको विक्री निकै बढ्नेछ ।’

 वर्ष ५, अंक ४४, २०६७, असार २१– २७

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्