ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजसहितका दुई निक्षेप योजना

२०७८ सावन, ३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिभिल बैंकले सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिङ डिपोजिट) दुई नयाँ निक्षेप योजना ल्याएको छ ।

न्यूनतम मौज्दात २५ हजार रहेको सुपर प्रिमियम बचत खातामा बैंकले वार्षिक ६ दशमलव शून्य १ प्रतिशत ब्याज दिनेछ । यो खातामा मेट लाइफसँगको सहकार्यमा ६ वटा घातक रोग मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयाघात, पल्मनरी हाइपर्टेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिजको २ लाखसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा प्रदान गर्नेछ । निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्नेछ ।

त्यसैगरी खुत्रुके खातामा अन्य बैंकले प्रदान गरिरहेको रिकरिङ डिपोजिटमा जस्तै सर्त तथा बन्देज नराखी बचत गर्न चाहनेले दुई वर्षदेखि दस वर्षसम्मको अवधि चयन गरेर मासिक न्यूनतम ५ सयदेखि माथि सञ्चय गर्न सक्ने बैंकले बताएको छ । कुनै महिना कारणवश जम्मा गर्न असमर्थ भए पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समयसीमापछि साँवा तथा ब्याजको एकमुष्ट भुक्तानी पाउनेछन् ।

यो खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिने बैंकले जनाएको छ । बीचमा रकम आवश्यक भए सञ्चित रकमको ७० प्रतिशत ऋणमै बिनाझन्झट रकम निकाल्न सकिनेछ ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८ दशमलव ७१ प्रतिशतको ब्याजदर प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्