ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल बैंक : कम्पनी विश्लेषण (आइतवार, ३ साउन २०७८)

२०७८ सावन, ३  
लगानी कम्पनी विश्लेषण
Image Not Found

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार १० रुपैयाँले वृद्धि भएको हो । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ३५९ पुगेको हो । यस दिन कम्पनीको ८७ हजार ९२२ कित्ता शेयरको रु. ११ करोड ९० लाख ७३ हजार बराबरको शेयर खरिद विक्री भएको हो ।

कम्पनीले विगतमा आकर्षक लाभांश वितरण गर्दै आएकाले यसपालि पनि राम्रो लाभांशको अपेक्षाका कारण लगानीको आकर्षण बढेको हो । सोही कारण कम्पनीको धेरै शेयर खरिद विक्री भएको छ ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत आवमा ३३ दशलमव ५ प्रतिशत बोनस शेयर र १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ ।  फाइनान्सलाई प्राप्तिपछि कम्पनीको चुक्ता पुँजी रु. १३ अर्ब ८४ करोड पुगेको छ  ।

निष्कर्ष
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । अघिल्लो दिनको मैनबत्ती हेर्दा अन्योलमा रहेको बजारलाई बिहीबारको मैनबत्तीले साथ दिएको देखिन्छ । आरएसआई ओभरबौज्ट जोन ७१ द्यशमलव शून्य ७ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव ८० बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीबारको शेयर मूल्य रु. १ हजार ३५९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार २९९मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्