ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

२०७८ सावन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज (आइतवार)देखि लिलामीमा आउने भएको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा आउने भएको हो । 

नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर साउन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो । 

नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२१, आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू. ४८१ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५४१ तोकिएको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गर्नुपर्ने हुन्छ । 

३ ओटै कम्पनीको शेयर खरीदको लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

सबै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्