ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा लक्ष्यभन्दा ८ करोड बढी राजस्व संकलन

२०७८ सावन, ३  
प्रदेश ०१
Image Not Found

साउन ३, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल रू. आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजस्व संकलन गरेको छ । 

सो अवधिमा रू. आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा रू. आठ करोड ९१ लाख ५४ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७/७८ मा संकलित राजस्वमा आयकर रू. तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर रू. दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र  अन्तःशुल्क रू. दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ । 

सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्