ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा ९ अंकले बढ्यो नेप्से

२०७८ सावन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढेको छ।

प्रि - ओपन सेसनमा ९ अंक बढेर नेप्से २८९२ दशमलव ४७ विन्दुमा पुगेको हो। उक्त अवधिमा ५० ओटा कम्पनीको शेयर कारोबार भएको छ। उक्त अवधिमा ४१ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने चार ओटा  कम्पनीको शेयरमूल्य घटेको छ। त्यसैगरी पाँच ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ।

यसैबीच नेप्सेले आइतवारदेखि प्रि - ओपन सेसनमा मूल्य परिवर्तन सीमा घटाएर अधिकतम २ प्रतिशत बनाएको छ । 

नेप्सेले यसअघि ५ प्रतिशत रहेको मूल्य परिवर्तन सीमा घटाएको हो । त्यसैगरी दोस्रो बजार कारोबारमा १ रुपैयाँ रहेको न्यूनतम मूल्य परिवर्तन सीमा घटाएर १० पैसा बनाइएको छ । अव लगानीकर्ताले न्यूनतम १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा खरिदविक्री आदेश दिन सक्नेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्