ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साताको पहिलो कारोबार दिन तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ सावन, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ६०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला रू. १ हजार ३२० मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार २९५ मा किनबेच भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्य रू. २५ ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्