ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आकर्षक मुनाफा आर्जन गरेसँगै कामना सेवा विकास बैंकको सर्वाधिक २० करोड ३० बराबरको शेयर खरीदविक्री 

२०७८ सावन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । कामना सेवा विकास बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सर्वाजनिक गरेसँगै सर्वाधिक २० करोड ३० बराबरको शेयर खरीदविक्री भएको छ ।
 

कम्पनीले अघिल्लो आवको चौथो त्रैमासको तुलनामा नाफा ६ गुणा वृद्धि गरेको छ । सोही कारण आइतवार बजार खुलेको करीब एक घण्टाको अवधिमा कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. २० करोड ३० लाख ३१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिसम्मा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२० पुगेको हो ।  

आकर्षक मुनाफा आर्जन गरेसँगै राम्रो लाभांश पाउने अपेक्षाले लगानीकर्ताले उक्त कम्पनीको शेयर खरीद गरिरहेका छन् । सोही कारण  सर्वाधिक शेयर खरीद विक्री भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्