ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लक्ष्मी इक्विटी फण्डसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग 

२०७८ सावन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको करीब दुई घण्टाको कारोबार अवधिमा पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । 

उक्त अवधिसम्ममा लक्ष्मी इक्विटी फण्ड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी,एनआइबिएल प्रगति फण्ड, एनएमिब फिप्टी र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी ९ लाख ५५ हजार इकाई, अरुण भ्याली हाइड्रोपावरको ९ लाख १५ हजार १५५ कित्ता खरीद अर्डर रहेको छ । 

त्यसैगरी एनआइबिएल प्रगति फण्डको ४ लाख ७० हजार ९४७ इकाई,एनएमबि फिप्टीको ३ लाख ९४ हजार ५४९ इकाई र एनआईसी एशिया ग्रोथ फण्डको ३ लाख २७ हजार ६००  इकाईको लागि खरीद माग रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्