ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दाङमा ५५ वर्षमाथिका नागरिकलाई भेरोेसेल खोप लगाउन आजदेखि शुरु

२०७८ सावन, ३  
प्रदेश ०५
Image Not Found
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आइतवार कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध नागरिक

साउन ३, दाङ । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आज (आइतवार) देखि खोप लगाउन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जानकारी दिएको छ । ‘एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।’  कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले भने, ‘स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवम् स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।’

हालसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ । 

त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपांगता भएका नागरिकलाई खोप लगाइने जानकारी दिइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्