ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भरतपुरको फर्निचर कारखानामा आगलागी,  तीन ओटा दमकलले आगो निभाउंँदै 

२०७८ सावन, ३  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, चितवन  । भरतपुर महानगरपालिका वडा नम्बर ४ को एक फर्निचर कारखानामा आगलागी भएको छ । 

आइतवार अपरान्ह १ बजे नवदुर्गा चोकस्थित तेज प्रसाद न्यूरेलेले सञ्चालन गरेको तेज इन्टरप्राइजेज फर्निचर कारखानामा आगलागी भएको हो । हाल भरतपुर महानगरपालिकाको दुई ओटा दमकल र खैरहनी नगरपालिकाको एक ओटा दमकलले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार फर्निचर कारखानामा  विद्युत् सर्ट भई  आगलागी भएको र नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ । शोरुममा रहेका अधिकांश फर्निचर जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्