ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

९७ अंकले बजार बढ्दा ५ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

२०७८ सावन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो करोबार दिन नेप्से परिसूचक ९७ दशमलव २१ अंकले वृद्धि भएको छ ।

आइतवार बजार बढेसँगै कारोबारमा आएका २२१ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर कम्पनी, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

ती पाँच ओटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । ती कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

यो दिन समृद्धि फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५१५ दशमलव ९० पुगेको छ । त्यसैगरी सिन्धु विकास बैंकको शेयरमूल्य रू.४४१ दशमलव १०,ङादी ग्रुप पावरको रू. ६२७, हिमालयन पावर पार्टनरको रू.४९३ र सिर्गटी हाइड्रो इनर्जीको शेयरमूल्य रू. ४७६ पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्