ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नयाँ आर्थिक वर्षमा ३.३७ % परिसूचक बढ्दा ११ अर्ब ६३ करोडभन्दा बढीको कारोबार

२०७८ सावन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । नयाँ आर्थिक वर्ष ०७८/ ८९ को पहिलो कारोबार दिन शेयर बजारमा उत्साह देखिएको छ ।

यस दिन नेप्से परिसूचक ३ दशमलव ३७ प्रतिशत अर्थात ९७ दशमलव २१ अंकले बढेर २ हजार ९८० दशमलव ६१ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ प्रतिशत अर्थात् १९ दशमलव ५५ अंक बढेर ५६० दशमलव ९६ विन्दुमा पुगेको छ । २ हजार ८९२ दशमलव ४७ विन्दुदेखि खुलेको आइतवारको बजार निरन्तर बढेर बन्द भएको हो ।

गत आर्थिक वर्षको अन्तिमसम्म नाफा बुक गरि बाहिरिएका संस्थागत लगानीकर्ताहरुको प्रवेश शुरु भएसँगै बजारमा उत्साह देखिएको जानकारी ब्रोकरहरुले गराएका छन् । साथै गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक हुने क्रम शुरु भएकाले पनि यसबाट बजारमा सकारात्मक प्रभाव पर्ने आशामा लगानीकर्ताहरु उत्साहित भएको समेत ब्रोकरहरुको भनाई छ ।

आइतवार विकास बैंक र वाणिज्य बैंक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंकको समूहगत परिसूचक सर्वाधिक ५ दशमलव शून्य ५ प्रतिशत र वाणिज्य बैंक समूहको परिसूध ४ दशमलव ७१ प्रतिशत बढेको हो ।

यस दिन कारोबारमा आएका सबै परिसूचकहरु बढेको छन् । बैंकिङ र विकास बैंकसँगै यो दिन जीवन बीमाको ३ दशमलव ८१ प्रतिशत, लघुवित्तको ३ दशमलव ५९ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ३४ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव १५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ७२ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ६५ प्रतिशत, लगानीको १ दशमलव ६१ प्रतिशत, जलविद्युतको १ दशमलव ५७ प्रतिशत, वित्तको १ दशमलव ४ प्रतिशत,  व्यापारिकको शून्य दशमलव ९१ प्रतिशत र अन्यको शून्य दशमलव ९३ प्रतिशत परिसूचक बढेको छ ।

शेयर बजारमा परिसूचकहरु सकारात्मक बन्दा यस दिन रू. ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार बराबरको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर कारोबार भएको छ ।

२२१ओटा कम्पनीको १ लाख १६ हजार २९४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । यस दिन मञ्जुश्री फाइनान्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. ४० करोड ९९ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको हो । 

करीब दुई वर्षदेखि बढीरहेको नेपालको शेयर बजारले आगामी दिनमा थप गति लिने विश्वास लगानीकर्ताहरुको छ । देशको राजस्व संकलनमा पनि पूँजीबजारले पछिल्लो समय महत्वपूर्ण योगदान गरेकाले पनि सरकारसमेत यस क्षेत्रको थप विकासमा सक्रिय रहेको छ । धितोपत्र मात्र नभई बस्तु विनिमय बजारको विकासमा पनि यस वर्ष सरकारले पनि चासो देखाई बजेटमै उक्त बजार विकासलाई प्राथमिकतामा राखेको छ ।

कोभिडका कारण सबै व्यावसायिक क्षेत्र प्रभावित बनिरहँदा शेयर बजार भने पूर्ण प्रविधिमैत्री बनिसकेको अवस्थामा कोभिड महामारीकै विच उकालो लाग्न सुरु गरेको हो ।

यसर्थ जस्तो कुनै परिस्थितिमा पनि बजारलाई आवश्यक नीति र प्रविधिलाई थप गर्दै लैजाने हो भने यस क्षेत्रबाट सबै नेपाली नागरिकले जिविकोपार्जन गर्न सकिने अवस्था देखिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्