ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

४ महीना मात्र सञ्चालनमा आएको तातोपानी भन्सारबाट न्यून राजस्व असुली      

२०७८ सावन, ३  
वाग्मती प्रदेश
Image Not Found

  साउन ३, चौतारा । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट गत वर्ष लक्ष्यभन्दा ज्यादै कम राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष ०७७/ ७८ मा १ अर्ब २ करोड रुपैयाँ मात्र राजस्व असुली भएको छ । सो कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार सो आवमा ५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन  गर्ने लक्ष्य रहेको थियो ।     
     
 गत असारमा आएको बाढीपहिरोले सीमा पुल क्षति पुग्न गई मर्मत गर्दा लामो समय लाग्नुका साथै सडक अवरुद्ध तथा कोरोना भाइरसलगायतका कारणले सो नाका चार महीना मात्र सञ्चालनमा आएको थियो । यसमा पनि लक्ष्यभन्दा ज्यादै कम सामान आयात भएकाले राजस्वमा असर पुगेको उनले बताए ।     
     
 विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोड रुपैयाँसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनःसञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।

गत असार २ गतेको बाढीपहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग कोदारी र लिपिङ पुल भासिएपछि अझै सञ्चालनमा आउन सकेको छैन । लिपिङ पुल पारी १० ओटा कन्टेनर अझै रोकिएको भन्सार कार्यालयले बताएको छ । रासस   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्