ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा एचआईडीसीएल 

२०७८ सावन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)  ले मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले रू. १०० अंकित दरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त कम्पनीको हकप्रदशेयरमा जेठ २७ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउने छन् ।

हकप्रद शेयर निष्कासन बन्द मिति साउन २५ गते बैंकिङ समयसम्म रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. २२ करोड पुग्नेछ । 

हकप्रद शेयर निष्कासन विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।साथै आवेदकले सि - आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट र सि आस्बा प्रणालीमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई केयर रेटिङ नेपालले  केयर एनपी ए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष न्यून जोखिम रहेको देखाउँछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्