ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि- बुकिंगमार्फत १ लाख थान विद्युतीय स्कुटर विक्री गर्ने तयारीमा ओला

२०७८ सावन, ३  
अन्तरराष्ट्रिय
Image Not Found

साउन ३,  नयाँदिल्ली । अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ओलाले विद्युतीय स्कुटरको प्रि - बुकिंग खुला गरेको छ ।

भारतको तमिलनाडुस्थित कारखानाबाट विद्युतीय स्कुटरको उत्पादन शुरु गरेको ओलाले जुलाई १५ देखि प्रि - बुकिंग खुला गरेको घोषणा गरेको हो । प्रि - बुकिंग शुरू भएको २४ घण्टाभित्रमा १ लाख थान विद्युतीय स्कुटर बुकिंग भइसकेको कम्पनीले बताएको छ ।

कम्पनीले जुलाई १५ मा ४९९ भारतीय रुपया टोकन लिएर प्रि - बुकिंग खुला गरेको हो ।ओला ग्रुपका प्रमुख कार्यकारी अधिकृत(सीईओ) भाविश अग्रवालले १ लाख थान स्कुटर प्रि - बुकिंग भइसकेको  बताएका छन् ।

कम्पनीले विद्युतीय स्कुटर निर्माणका लागि २४ अर्ब भारतीय रुपया लगानी गरेको छ । सीईओ अग्रवालले विद्युतीय स्कुटरको  प्रि -बुकिंगबाट आफू निक्कै उत्साहित भएको बताएका छन् । कम्पनीले भारतमा जुलाई महीनाको अन्त्यबाट विद्युतीय स्कुटर विक्री गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले उक्त कारखाना निर्माणपछि १० हजार जना नागरिकले रोजगारी पाउने पनि बताएको छ । सो कारखाना विश्वकै सबैभन्दा ठूलो ई–स्कुटर कारखाना भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतलाई विद्युतीय सवारी साधनको म्यानुफ्याक्चरिङ केन्द्र बनाउने लक्ष्यका साथ लगानी गरेको कम्पनीले बताएको छ । यो विश्वकै सबैभन्दा ठूलो ई–स्कुटर कारखाना हुने र यहाँबाट वार्षिक रुपमा २० लाख थान स्कुटर उत्पादन हुने बताइएको छ । 

पछिल्लो समय ओलाले विश्वभर सेवा विस्तार गर्दैछ । सन् २०१८ को फेब्रुअरीमा कम्पनीले अष्ट्रेलियामा व्यवसाय शुरु गरेको थियो । अहिले कम्पनीले सात ओटा शहरमा सेवा सञ्चालन गरिरहेको छ । ओला सन् २०११ मा स्थापना भएको कम्पनी हो । 

कम्पनीको मुख्यालय भारतको बेंलुरुमा छ भने  वार्षिक कारोबार १५० लाख डलरभन्दा बढी रहेको बताइएको छ । ओला सेवामा मोटरसाइकल, अटो रिक्सा, साना कारलगायत धेरै प्रकारका गाडी आबद्ध छन् ।  कम्पनीको यस्तो सेवा भारतमा निक्कै लोकप्रिय रहेको छ ।एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्