ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरोना संक्रमणबाट २३ जनाको मृत्यु पुष्टि, १८०१ जना संक्रमित थपिए

२०७८ सावन, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ ।

मन्त्रालयका अनुसार आइतवार ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ पुगेको छ । यसैगरी, आइतवार १ हजार ६६७ जना निको भएसँगै हालसम्म ६ लाख ३२ हजार ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्