ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

टोकियो ओलम्पिक्समा एउटै टोलीका तीन जनामा भेटियो कोरोना संक्रमण 

२०७८ सावन, ३  
अन्तरराष्ट्रिय
Image Not Found

साउन ३, टोकियो (जापान) । टोकियो ओलम्पिक्स सम्बद्ध एउटै टोलीका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतवार ओलम्पिक भिलेजका दुई जना खेलाडीमा संक्रमण पुष्टि भएको थियो । 

यो भिलेजमा संक्रमण पुष्टि भएको पहिलो केस आयोजक समितिले बताएको थियो । शनिवार संक्रमित एक कर्मचारी पनि ती खेलाडी भएकै टोलीको भएको बताइएको छ । यी तीनै जनालाई भिलेज बाहिर होटलमा आइसोलेशनमा राखिएको छ । समूहका अन्य सदस्यहरु भिलेजको आफ्नै कोठामा बसेर त्यही खानपिन गरिरहेको बताइएको छ । 

अहिलेसम्म प्रतियोगिता सम्बद्ध ४० जनाभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भेटिसकेको छ । यसले ओलम्पिक्स सुरक्षित र भयरहित रुपमा हुन्छ भन्ने आशामा थप शंका पैदा गरेको छ । गत वर्ष ओलम्पिक्स कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछाडि सारिएको थियो । 

यसवर्ष भने प्रतियोगिता दर्शक नराखी कठोर क्वारन्टिन नियमहरु पालना गरेर आयोजना हुँदैछ । भाइरसको संक्रमण बढ्दै गर्दा हुन लाागेको ओलम्पिकप्रति आम जापानीहरु खासै उत्साहित छैन । अधिकांशले प्रतियोगिता रद्द वा स्थगित हुनु पर्ने हालै भएका सर्वेक्षणहरुले देखाएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्