ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वीरगञ्ज उद्योग वाणिज्य संघमा तीन ओटा समिति गठन 

२०७८ सावन, ३  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, वीरगञ्ज  । वीरगञ्ज उद्योग वाणिज्य संघले प्रर्दशनी/ महोत्सव समिति, बैंक तथा वित्त समिति र होटल तथा पर्यटन समिति गठन गरेको छ । 

प्रर्दशनी/ महोत्सव समितिको संयोजकमा गोविन्दप्रसाद शाह र सह- संंयोजकमा मनोजकुमार शर्मा, बैंक तथा वित्त समितिको संयोजकमा आशीष लाठ र होटल तथा पर्यटन समितिको संयोजकमा अनोज रुँगटा रहेका छन् ।

संघका अध्यक्ष सुबोधकुमार गुप्ताले समितिहरूको कामकारवाही प्रभावकारी हुने विश्वास व्यक्त गरे । समितिहरूले आफ्नो लक्ष्य प्राप्त गर्न सकेमात्र उद्देश्य पूरा हुने बताए ।

समितिका संयोजकहरूले समितिका कामकारवाही प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपालले सबैको सहकार्यबाट संघको उद्देश्य पूरा हुने बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्