ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दराजको महाबचत बजार अभियान : म्याक बुक प्रो १३ का साथै आईफोन १२ जित्ने मौका  

२०७८ सावन, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । दराजको महाबचत बजार अभियान शुरु भएको छ । आज (आइतवार) देखि शुरु भएको उक्त अभियान ९ गतेसम्म चल्नेछ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरुका लागि बचत प्रवर्द्धन गर्नु रहेको कम्पनीको भनाइ छ ।

अभियानको मुख्य हाइलाइटहरू चार हजार सम्मको छूट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्रि-पेमेन्टमा दुई हजारसम्मको छूट रहेको बताइएको छ ।

साथै एक रुपैयाँमा आइफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ । 

यस अभियानका लागि, नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबि बैंकका कार्डवाहकहरूले प्रि-पेमेन्टमा आकर्षक छूट लिन सक्ने बताइएको छ ।

यी बैंकका डेबिट कार्डवाहकहरूले १५ प्रतिशत (एक हजार पाँच सयसम्म) को छूट पाउनेछन् । क्रेडिट कार्डवाहकहरूले कार्ड प्रि-पेमेन्टमा २० प्रतिशत (दुई हजारसम्म) छूट पाउने कम्पनीले बताएको छ । 

यसैगरी, ग्राहकहरू आफ्नो आइएमइ पे खाता मार्फत प्रि-पेमेन्ट गरेर मूल्य कम गर्न पनि सक्छन् । आइएमइ पे मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदमा २० प्रतिशत (एक हजारसम्म) छूट पाउन सक्ने बताइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्