ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रतिनिधि सभाबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत

२०७८ सावन, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनु भएको छ ।

आइतवार राती संसद भवनमा आयोजित मतदानमा प्रधानमन्त्रीले १६५ मत प्राप्त गर्नुभएको छ । उहाँको विपक्षमा भने ८३ मत परेको छ । त्यसैगरी तटस्थमा भने एक मत मात्र परेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाबाट प्रधानमन्त्री देउवाले विश्वासको मत बहुमतले पाएको घोषणा गरेका  छन् । विश्वासको मत लिने क्रममा संसद भवनमा २४९ जना सांसद रहेका थिए ।

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सांसदले मत दिएका हुन् । प्रधानमन्त्रीलाई जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले पनि मत दिएका छन् ।

देउवा  असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो ।  नियुक्त भएको एक महीनाभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार देउवाले आइतवार विश्‍वासको मत लिनु भएको हो ।

विश्वासको मत लिनु अघि प्रधानमन्त्री देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताउनुभएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्