ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बजेट अध्यादेश संसद्मा पेश

२०७८ सावन, ४  
समाचार
NA

काठमाडौं (अस) । अध्यादेशबाट ल्याइएको चालू बजेटलाई अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री विष्णु पौडलले गत जेठ १५ मा प्रस्तुत २०७८÷७९ को बजेट अध्यादेशलाई शर्माले संसद्मा पेश गरेका हुन् । संविधानमा जेठ १५ मै अर्थमन्त्रीले संघीय संसद्मा बजेट पेश गर्नुपर्ने भएपनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत् बजेट ल्याइएको थियो । नयाँ संविधान जारी भएपछि बजेट कार्यान्वयन हुने वर्षमा बजेट संसदमा पेश भएको यो पहिलो घटना हो । आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्रिय ऋण उठाउने अध्यादेश मन्त्री शर्माले संसद्मा पेश गरेका हुन् ।

संसद्मा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न केही महसुल, कर, शुल्क र दस्तुर लगाउन, चालु राख्न वा हेरफेर गर्न प्रचलित कानुन हेरफेर गर्नुपर्ने भएकाले संघीय संसद्को अधिवेशन नभएको बखत अध्यादेश ल्याउनुपरेको बताए । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गर्दै कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नपाउने उल्लेख गरेको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्