ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हिमालयन बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको लिलामी शेयर बाँडफाँट 

२०७८ सावन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । हिमालयन बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बाँडफाँट भएको छ । 

कम्पनीले गत जेठ २६ गतेदेखि असार २९ गतेसम्म १ लाख ९० हजार ६५२ कित्ता शेयर लिलामीमा विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको हो । कम्पनीको ४ हजार कित्ता संस्थापक शेयर मात्र यस बाँडफाँटमा वितरण भएको छ । 

कम्पनीले प्रतिकित्ता रू. ७५१ मूल्य तोकेर यो शेयर लिलामीमा विक्री खुला गरेको थियो । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मको माग गर्न सकिने व्यवस्था बमोजिम प्राप्त आवेदनहरुमध्य बाँडफाँटमा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइएको छ । उक्त शेयर विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्