ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आईपीओ निष्कासनको प्रस्तावसहित सन नेपाल लाईफले आव्हान गर्‍यो साधारण सभा 

२०७८ सावन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे सभा बोलाईएको हो । नयाँ बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

साथै आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र आर्थिक वर्ष ०७६/७७ को लागि वर्तमान लेखापरीक्षक हरिमणि आचार्यलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक नियुक्तिको विषय पनि अनुमोदन गर्नेछ । 

कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको शेयर लगतको आधारमा शेयरधनीहरुको रेकर्ड कायम गरी सभाहलमा उपस्थित गराउने जानकारी कम्पनीले दिएको छ । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्