ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बढी भाडा लिने ७७ ओटा सार्वजनिक यातायात कारवाहीमा        

२०७८ सावन, ४  
समाचार
Image Not Found
फाइल फोटो

साउन ४, काठमाडौं ।सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ ओटा सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो ।

साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौं उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारवाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले  जानकारी दिए ।     
     
 महाशाखाले शुक्रवारदेखि शनिवार बिहानसम्म बढी भाडा लिने १६० ओटा सवारीलाई कारवाही गरेको थियो । शनिवारदेखि आइतवार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ ओटा सवारीलाई कारवाही गरिएको हो । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई ५०० देखि १ हजार ५०० रुपैयाँसम्म कारवाही भइरहेको छ ।     
     
 एउटै सवारीले पटकपटक बढी भाडा लिएको पाइएमा ५ हजार रुपैयाँ जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारवाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताए। शुक्रवार कारवाही गरिएपछि शनिवारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले बताएको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्