ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रादेशिक सञ्चार प्रतिष्ठानले गर्‍यो पत्रकारका परिवारलाई सहयोग

२०७८ सावन, ४  
प्रदेश ०१
NA

विराटनगर (अस) । प्रदेश १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोभिड–१९ संक्रमित भई गम्भीर अवस्थामा बिरामी भएका र मृत्यु भएका ९ जना पत्रकारको परिवारलाई २ लाख ७५ हजार रुपैयाँ सहयोग वितरण गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले एक विज्ञप्ति जारी गरी सहयोग गरिएको रकम सार्वजनिक गरेका हुन् । कोरोना संक्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा सघन उपचार कक्षमा उपचार गराएका वा उपचारको क्रममा मृत्यु भएका पत्रकारको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय बमोजिम सहयोग रकम हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले पाँचथरका मृतक पत्रकार एकराज भण्डारीको परिवार र सुनसरीका मृतक पत्रकार चन्द्र न्यौपानेको परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । यस्तै २५ हजार रुपैयाँका दरले सहयोग पाउने पत्रकारहरूमा ओखलढुंगाका दीपेन्द्र रुम्दाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, झापाका पर्वत पोर्तेल, इलामका बुद्धवीर राई, खोटाङका लोकमणि रिजाल र उदयपुरका हरिकुमार राई रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्