ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दराजको महाबचत बजार घोषणा

२०७८ सावन, ४  
बजार
Image Not Found

काठमाडौं (अस) । अनलाइन बजार दराजले साउन ३ गतेदेखि दराज महाबचत बजार अभियान सुरु गर्ने घोषणा गरेको छ ।

यो अभियानको मुख्य उद्देश्य ग्राहकका लागि बचत प्रवर्द्धन गर्नु रहेको कम्पनीले बताएको छ । अभियानअन्तर्गत ४ हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत अनलाइन प्री–पेमेन्टमा २ हजारसम्मको  छुट, १ रुपैयाँमा आईफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुकप्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचरका साथै अन्य पुरस्कार जित्ने मौका छ ।

कम्पनीका अनुसार नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्डधारकले प्री–पेमेन्टमा आकर्षक छुट पाउन सक्नेछन् । यी बैंकका डेबिट कार्डवाहकले १५ प्रतिशत अर्थात् १ हजार ५०० रुपैयाँसम्म को छुट पाउनेछन् ।

क्रेडिट कार्डवाहकले भने कार्ड प्री–पेमेन्टमा २०प्रतिशतश अर्थात् २ हजार रुपैयाँसम्म छुट पाउनेछन् । यो अफर सीमित समयका लागि मात्र उपलब्ध रहेको कम्पनीले बताएको छ । आईएमई पेखातामार्फत प्री–पेमेन्ट गर्नेले थप छुट पाउनेछन् । अर्थात् आईएमई पेमार्फत भुक्तानी गरे ग्राहकले आफ्नो सबै खरिदमा २०प्रशित छुट पाउन सक्नेछन्  ।

यसबाहेक, पहिलो पटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराजका ग्राहकले पनि २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्डमार्फत प्री–पेमेन्ट गरे १५ प्रतिशत छुट र भिसा क्रेडिट कार्डमार्फत गरिने पूर्व–भुक्तानीमा २०प्रतिशत छुट पाउन सकिनेछ ।

दराज महाबचत बजारमा प्रदर्शित ‘खेल एक रुपैयाँ’ मा भाग लिएर ग्राहकले १ लाख ३३ हजार रुपैयाँ मूल्य पर्ने कोआई फोन १२ र ५० हजार रुपैयाँको श्री बालाजी हिराको झुम्का पुरस्कार १ रुपैयाँमै जित्न सक्नेछन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्