ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मोरङ व्यापार संघद्वारा खाद्य तथा स्वास्थ्य सामग्री सहयोग

२०७८ सावन, ४  
प्रदेश ०१
NA

विराटनगर (अस) । मोरङ व्यापार संघले आइतवार आफ्ना जिल्ला शाखाहरूलाई खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ । संघले जिल्लाका विभिन्न स्थानमा कोभिडका कारण प्रभावित विपन्न तथा असहाय वर्गलाई वितरण गर्न आफ्ना ९ ओटा शाखामार्फत ४०० पोका राहत सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश मुन्दडाले सुन्दर हरैंचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, बेलवारी उद्योग वाणिज्य संघ, उर्लाबारी उद्योग वाणिज्य संघ, मिक्लाजुङ व्यापार संघ, इटहरा उद्योग वाणिज्य संघ, केराबारी व्यापार प्रबन्ध समिति र रंगेली उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिलाई चामल, दाल, तेल, बिस्कुट, चाउचाउ, नुन, मास्क सहितका सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, उपाध्यक्ष (उद्योग) अनुपम राठी, महासचिव अनिलकुमार साह, का.का. सदस्यहरू सञ्जय श्रेष्ठ, मनीष मारु, विनीत सिंघानिया, सन्तनु रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्