ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सर्लाहीको बरहथवामा प्रोग्रेशिभ फाइनान्सको शाखा

२०७८ सावन, ४  
बजार
NA

काठमाडौं (अस) । प्रोग्रेशिभ फाइनान्सले प्रदेश २ सर्लाहीको बरहथवा नगरपालिका–६ मा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ  । बरहथवा शाखामार्फत ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने कम्पनीले बताएको छ ।

नयाँ शाखाले बरहथवासहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाबासीले घरदैलोमै बैंकिङ सुविधा लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागार्इंले जानकारी दिए ।

हाल एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, सी–आस्बालगायत सेवा प्रदान गर्दै आएको कम्पनीले छिट्टै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

कम्पनीले छिट्टै देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रमा थप पाँच शाखा तथा दुइटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको छ । हाल कम्पनीले ११ शाखा तथा ४ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्