ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रिद्धिसिद्धि सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर मापदण्ड

२०७८ सावन, ४  
बजार
NA

काठमाडौं (अस) । रिद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टको उत्कृष्ट ग्रेडमध्येमा पर्छ ।

यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धिसिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गरेको कम्पनीले बताएको छ । ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै ग्राहकको विश्वासलाई थप मजबुत बनाउने कम्पनीको विश्वास छ ।

कम्पनीले पहिलो पटक गत वर्ष ल्याएको शिलान्यास रिद्धिसिद्धिसँग योजनालाई नयाँ वर्ष २०७८ मा पनि निरन्तरता दिएको थियो ।

कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण उक्त योजना केही समय स्थगित भए पनि हाल सुचारु गरिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्