ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रभु क्यापिटलका कर्मचारीलाई क्षमता वृद्धि तालिम

२०७८ सावन, ४  
बजार
NA

काठमाडौं (अस) । प्रभु क्यापिटलले आफ्ना कर्मचारीको वृत्ति विकास तथा क्षमता अभिवृद्धि गर्न एकदिने समूह निर्माण तथा उत्प्रेरणासम्बन्धी तालिम सम्पन्न गरेको छ । काठमाडौंको ग्रान्ड नोर्लिङ होटल तथा रिसोर्टमा एक्जिओम नेपालको सहयोगमा तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीको सहभागिता थियो । तालिम कार्यक्रम एक्जिओम नेपालका प्रशिक्षक इन्द्रबहादुर गुरुङ तथा सञ्जीव काफ्लेले सञ्चालन गरेका थिए ।

तालिमअन्तर्गत कार्यस्थलमा कार्य सम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहार, समूहमा काम गर्दा लक्ष्य प्राप्तिबारे प्रशिक्षण दिइएको थियो । क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले कर्मचारीलाई नयाँ आर्थिक वर्षका लागि कम्पनीले लिएको लक्ष्य र आगामी कार्यदिशाबारे जानकारी दिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्