ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बीएसभीआई मोडलमा होन्डा ग्रेजिया स्कुटर बजारमा

२०७८ सावन, ४  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा ग्रेजियाको बीएसभीआई मोडल सार्वजनिक गरेको छ ।  

आकर्षक र स्टाइलिस लुक रहेको १२५ सिसीको नयाँ मोडललाई व्यावहारिक फिचर थपेर रि–डिफाइन गरिएको कम्पनीले बताएको छ ।

१५५ एमएमदेखि १७१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध छ ।

फिचरअन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टु एमप्टीजस्ता जानकारी प्राप्त गर्न सकिनेछ । होन्डाको प्रोग्राम फ्युल इन्जेक्सन टेक्नोलोजी प्रयोग भएका कारण यो स्कुटरमा बढी माइलेज र पावर रहेको कम्पनीले जनाएको छ ।

ग्रेजियाको नयाँ मोडलमा जाम भएको समय इन्धन बचत गर्न आईलिङ स्टप छ भने नयाँ बीएसभीआई एसटीडी मोडलमा इन्जिन स्टार्ट/स्टप स्विच रहेको छ । स्कुटरमा साइड स्ट्यान्ड इन्जिन अफ फिचर, एसीजीसहितको साइलेन्ट स्टार्ट, ईएसपी टेक्नोलोजीका साथ एचईटी इन्जिनलगायत विशेषता छन् ।

नेपाली बजारमा ग्रेजियाको बीएसभीआई डीआरएस मोडलको मूल्य २ लाख ६९ हजार ९००, ग्रेजियाको बीएसभीआई डीएसएस मोडलको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्