ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ऋणपत्र निष्कासन गर्न सिभिल बैंकको चार संस्थासँग सम्झौता

२०७८ सावन, ४  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिभिल बैंकले सार्वजनिक निष्कासन गर्न लागेको १ हजार अंकित दरको ३०  लाख कित्ता ९ प्रतिशत सिभिल बैंक डिबेञ्चर २०८८ को प्रत्याभूतिकर्ता नागरिक लगानी कोष र प्रभु क्यापिटललगायतले गर्ने भएका छन् ।

सिभिल बैंक एवं नागरिक लगानी कोष, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सिभिल बैंकले निष्कासन गर्ने सो ऋणपत्र सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्कासन अवधिमा माग भएबमोजिम बिक्री हुन नसके बाँकी रहेको ऋणपत्र खरिद गर्ने दायित्व चार वटै प्रत्याभूतिकर्ताले लिनेछन् ।

नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटलले ३५ करोड, ग्लोबल आइएमई क्यापिटलले ३० करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड बराबरको ऋणपत्र प्रत्याभूत गर्ने सम्झौता गरेका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्