ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरोना प्रभावितलाई सहयोग गर्न सिभिल बैंकसँग विभिन्न संस्थाको सम्झौता

२०७८ सावन, ४  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिभिल बैंकले कोभिड–१९ बाट प्रभावित विपन्न समुदायका लागि मानवीय सहयोग गर्न हेल्भेटास नेपाल, क्षीरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । आइतबार चार पक्षबीच हस्ताक्षर भएको हो ।

कोभिड–१९ को पहिलो लहरमा स्वास्थ्य तथा आर्थिक रूपमा कठिनाइ भोगिरहेका डोम, चमार र मुसहरजस्ता विपन्न समुदायलाई पुनः दोस्रो लहरले थप कष्टकर बनाएको छ ।

कोभिड–१९ ले  कतिपय जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्नुका साथै दैनिक ज्याला, मजदुरी गरी घर खर्च चलाउनुपर्ने समुदायलाई आधारभूत सेवा–सुविधाको पहुँचमा समेत कमी भएको छ ।

कोरोनाले पारेको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले हेल्भेटास नेपाल र स्वीस सोलिडारिटीले क्षीरेश्वरनाथ नगरपालिकाका अतिविपन्न समुदाय (मुसहर, चमार र डोम) का आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नगरमा छनोट भएका १ हजार २ सय ५० घरधुरीलाई अनुदान सहयोग प्रतिघरधुरी रकम २० हजारका दरले भुक्तानी दिइनेछ ।

बैंकले छनोट भएका लाभान्वित परिवार खासगरी महिला सदस्यका व्यक्तिगत बैंक खाता खोल्न सहयोग गरी नगद रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाउनेछ । बैंकले उक्त समुदायमा बैंकिङ प्रणाली तथा वित्तीय साक्षरतासम्बन्धी अभियान पनि सञ्चालन गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्