ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भीमदत्त–१२ को वडा कार्यालय भवन उद्घाटन

२०७८ सावन, ४  
सुदूरपश्चिम प्रदेश
Image Not Found

महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधवार नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । नगरपालिकाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको उनले बताए ।

२ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन १ करोड ५८ लाखमा निर्माण भएको हो । कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख विष्टले वडाको सेवा सहज बनाउन सामुदायिक भवनको रूपमा समेत प्रयोग गर्न सकिनेगरि कार्यालय भवन निर्माण गरिएको बताए ।

भीमदत्त नगरपालिकाले हालसम्म चारओटा वडा कार्यालय भवनको निर्माण गरी सेवा दिइरहेको छ । यस्तै एउटा वडा कार्यालयको भवन उद्घाटन हुन बाँकी र दुईओटाको निर्माण अन्तिम चरण रहेको नगरपालिकाले बताएको छ ।

नगरपालिकाले स्वास्थ्य लगायत अन्य क्षेत्रमा पनि प्राथमिकताका पूर्वाधार निर्माण गरी सेवा दिइरहेको नगर प्रमुख विष्टको भनाइ छ । साथै नगरको वडा नम्बर १२ मा पर्यटन सूचना केन्द्र र भ्यू टावर बनाउने योजना रहेको उनले बताए ।

भीमदत्त–१२ का वडाध्यक्ष कृष्ण सिंह देउवाले आफ्नै कार्यालयबाट जनतालाई सहज रूपमा सेवा दिन भवन निर्माण गरिएको बताए । वडा कार्यालयले विकास निर्माण काम तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ । बुधवार नै वडा कार्यालयसँगै रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको समेत नगर प्रमुख विष्टले उद्घाटन गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्