ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सोमवार प्रि-ओपन सेसनमा २२.८६ अंकले बढ्यो नेप्से

२०७८ सावन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । सोमवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २२ दशमलव ८६ अंकले वृद्धि भएको छ । परिसूचक ३ हजार ३ दशमलव ४७ विन्दुमा पुगेको हो । 

यस अवधिमा ६६ कम्पनीको २५ हजार ४५ कित्ता शेयरको रू. १ करोड ५४ लाख९३ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका ६६ कम्पनीमध्ये एनआइसी एशिया बैंकको सर्वाधिक रू. १८ लाख ५३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

त्यसैगरी, शेयरमूल्य घट्नेमा नेपाल बंगलादेश बैंकको शेयरमूल्य १ दशमलव ७७ प्रतिशतले घटेको छ । कारोबारमा आएका ६६ ओटा कम्पनीमध्ये ५८ कम्पनीको शेयरमूल्य बढेको, तीन ओटा कम्पनीको घटेको र चार ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्