ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने घट्यो

२०७८ सावन, ४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. ६०० ले घटेको सुनको भाउ सोमवार रू. २०० ले उकालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो । 

यस्तै, सोमवार चाँदीको मूल्य भने घटेको छ । आइतवार प्रतितोला रू. १ हजार २९५ मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार २९० खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू. ५ ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्