ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मिर्मिरे लघुवित्तद्वारा शेयरधनीलाई नगद लाभांश लिन अनुरोध

२०७८ सावन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था(साविकको नागबेली लघुवित्त वित्तीय संस्था) ले शेयरधनीलाई नगद लाभांश लिन अनुरोध गरेको छ । 

नागबेली लघुवित्तले विभिन्न साधारण सभाबाट पारित भएको लाभांशको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि नगद लाभांश पूर्जाको रकम सटही नगरेको भन्दै सो लाभांश रकम लिन भनेको हो ।

शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हात्तिसार, काठमाडौंबाट लाभांश रकम बुझिलिन सक्नेछन् । 

पाँच वर्ष पुगिसक्दा पनि शेयरधनीले विभिन्न आर्थिक वर्षको लाभांश लिन नआएका कारण कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन  कार्यविधि- २०७३ अनुसार स्थापित लगानीकर्ता संरक्षण कोषमा पठाएको कम्पनीले बताएको छ ।

 पाँच वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांश रकम सम्वन्धि शेयरधनीको नामसहित मिर्मिरे लघुवित्तको वेबसाइटमा राखिएको पनि कम्पनीले बताएको छ ।शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्