ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन  मंगलवार

२०७८ सावन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं ।  समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार बैकिङ समयसम्म रहेको छ । 

कम्पनीले ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयर असार २९ गतेदेखि लिलामीमा ल्याएको हो ।यसअघि पनि कम्पनीले लिलामीमै विक्री खुला गरेको शेयरमा पर्याप्त आवेदन नपरेपछि पुनः लिलामीमा ल्याएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता न्यूनतम रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि बोलपत्र पेश गर्न सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि बोलपत्र पेश गर्न सकिने छ ।

विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । बोलपत्रका लागि समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौंडा,पुतलीसडक,बुटवल, पोखरा र नारायणगढबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्