ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ठाडी भन्सार कार्यालय : लक्ष्यभन्दा ४४% बढी राजस्व संकलन

२०७८ सावन, ४  
प्रदेश ०२
Image Not Found

साउन ४, सिरहा । सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । 

पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७/७८ मा लक्ष्यभन्दा रू. दुई करोड ८९ लाख ९२ हजार बढी राजस्व संकलन गरेको हो ।

रू. ६ करोड ५६ लाख २० हजार संकलनको लक्ष्य रहेकामा रू. ९ करोड ४६ लाख १२ हजार राजस्व संकलन गरिएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाका कारण जेठ र असारमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि अरु महीनामा बढी राजस्व संकलन भएको छ ।

सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत भगवानपुर गाउँपालिका–२ नरहामा सडक निर्माण कार्य भइरहेकाले सवारी साधन आवतजावत सहज नहुँदासमेत लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख साहले बताए । कार्यालयले धान, गहुँ, फलफूल, तरकारी र टायल्सबाट बढी राजस्व उठाएको प्रमुख साहले जानकारी दिए ।

यस्तै यातायात व्यवस्था कार्यालय लहानले आव २०७७/०७८ मा रू. ४३ करोड ७८ लाख १५८ राजस्व संकलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण, जाँचपास, बाटो इजाजतपत्र, प्रदूषण, कम्पनी रजिष्ट्रेसनलगायत शीर्षकबाट सो राजस्व संकलन भएको कार्यालय प्रमुख मीन भट्टराईले जानकारी दिए । 

संकलन भएको राजस्वमध्ये रू. एक करोड ७० लाख ३३ हजार ५७४ संघीय सरकारको खातामा र रू. ४२ करोड आठ लाख ३९ हजार ५८४ प्रदेश सरकारको खातामा जमा गरिएको कार्यालय प्रमुख भट्टराईले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्