ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेप्सेले बनायो कीर्तिमानी उचाइ, हालसम्मकै उच्च ३०३२ विन्दुमा नेप्से

२०७८ सावन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्सेले कीर्तिमानी उचाइ कायम गरेको छ । 

बजार खुलेको शुरुमा ५० अंकले बढेर नेप्से ३ हजार ३२ विन्दुमा पुगेको थियो । यसभन्दा अगाडि नेप्से गत जेठ ३१ गते ३ हजार २५ विन्दुमा पुगेर फर्किएको थियो । त्यसपछि घटेको बजार आइतवारदेखि बढ्न थालेको हो । 

यो समाचार तयार पार्दाको समय १२ : ४२ बजेसम्ममा नयाँ रेकर्ड कायम गरेर अहिले नेप्से परिसूचक ३ हजार १७ दशमलव ७०मा रहेको छ ।
उक्त अवधिमा २१४ ओटा कम्पनीको रू. ५ अर्ब ६६ करोड १७ लाख ३० हजार बरावरको शेयर खरीदविक्री भएको छ ।

उक्त अवधिमा सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य अघिल्ल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५१० पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्