ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ताप्लेजुङमा अलैँची विक्रीबाट १ अर्ब ३५ करोड आम्दानी

२०७८ सावन, ४  
प्रदेश ०१
Image Not Found

साउन ४, ताप्लेजुङ । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको विक्रीबाट एक वर्षमा किसानले रू. एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । 

अलैँची जोनबाट दुई हजार ६ मेट्रिक टन अलैँची उत्पादन भएकोमा दुई हजार मेट्रिक टन विक्रीबाट रू. एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । 

करीब ६ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्यांकले जानकारी दिएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार ४०० हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।

फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा छ मध्ये सबै वडामा अलैँची उत्पादन हुँदै आएको अलैँची जोन कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । 

मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङ्चुङगोलाबाहेक ६ ओटा वडामा अलैँची खेती हुँदै आएको छ । आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन ओटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई ओटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङबाहेक बाँकी पाँच ओटा वडा र सिरिजंगा गाउँपालिकाको वडा नं ६ मामांखेमा अलैँची खेती गरिन्छ ।

जिल्लामा रहेका कुल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ ओटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै आएको अलैँची जोनका कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्