ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लक्ष्मी इक्विटी फण्डसहित ५ ओटा म्युचुअल फण्डको इकाईमा उच्च खरीद माग

२०७८ सावन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको पौने तीन घण्टामा पाँच  ओटा म्युचुअल फण्डको इकाईमा उच्च खरीद माग रहेको छ ।  

उक्त अवधिसम्ममा लक्ष्मी इक्विटी फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड,एनआइबिएल प्रगति फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ र नबिल इक्विटी फण्डको इकाईमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा म्युचुअल फण्डमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको १२ लाख १९ हजार ५०० इकाई खरीद माग रहेको छ । त्यसैगरी एनआईसी एशिया ब्यालेन्स फण्डको १२ लाख १४ हजार ४८० इकाई खरीद माग, एनआइबिएल प्रगति फण्डको १० लाख ७८ हजार ६७५ इकाई,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको १० लाख ३३ हजार ४०० इकाई र नबिल इक्विटी फण्डको ८ लाख ४७ हजार ८५५ इकाईको खरीद माग रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्