ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सामलिङ पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

२०७८ सावन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । सामलिङ पावर कम्पनीले आईपीअ‍ो निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

कम्पनीले आईपीओे निष्कासन गर्न असार ३१ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । अब कम्पनीले बोर्डबाट अनुमति पाएसँगै १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । 

 विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ  । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
 

उक्त कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्