ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निसानका पूर्वप्रमुखलाई भगाउन सघाएको अभियोगमा बाबुछोरालाई जेल सजाय

२०७८ सावन, ४  
अन्तरराष्ट्रिय
Image Not Found

साउन ४, टोकियो । कार निर्माता कम्पनी निसानका पूर्वप्रमुख कार्लोस गोनलाई जापानबाट भगाउन सघाएको अभियोगमा अदालतले दुई अमेरिकी नागरिकलाई दोषी ठहर गरेको छ।

टोकियो अदालतले  उक्त मुद्दामा अमेरिकी नागरिक एवं भूतपूर्व सैनिक माइकल टेलरलाई दुई वर्ष र उनका छोरा पिटरलाई एक वर्ष आठ महीनाको जेल सुनाएको हो । जापानमा मुद्दा परेका गोनलाई एउटा लगेजमा लुकाएर सन २०१९ मा निजी विमानबाट भगाएको आरोप लागेका ती बाबुछोरालाई अमेरिकाले सुपुर्दगी गरेको थियो।

जापानी अभियोजनकर्ताहरूले माइकल टेलरलाई दुई वर्ष १० महीना र पिटर टेलरलाई दुई वर्ष छ महीनाको सजाय दिनुपर्ने माग दाबी गरेका थिए । सन् २०१९ डिसेम्बरमा गोनलाई पश्चिम जापानको कान्साई विमानस्थलबाट भगाउन योजना बनाएको आरोप लगाइएको थियो ।

त्यसका लागि उनीहरूले १३ लाख डलर पारिश्रमिक लिएको दाबी पनि गरिएको छ तर यसको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन । उनीहरूले अभियोग स्वीकार गरेका थिए र यसका साथै आफूले गरेको कामप्रति पश्चाताप व्यक्त गरेका थिए । तर गोनले भने आफूले कुनै अनियमितता नगरेको दाबी गर्दै आएका छन्।

आर्थिक अनियमिततासम्बन्धी चार ओटा अभियोग लागेका गोन जापानमा धरौटीमा बसेर मुद्दाको सुनुवाइ कुरिरहेका थिए। तर त्यही बेला उनी स्थानीय अधिकारीहरूलाई झुक्याएर निजी विमानबाट भागेको अदालतले ठहर गरेको छ।

लेबनान पुगेपछि गोनले आफूलाई जापानमा बन्दी बनाइएको दाबी गर्दै भाग्ने विकल्प बाहेक अरु नभभएको बताएका थिए। आर्थिक अनियमिततासम्बन्धी आरोपमा गोन पहिलो पटक सन् २०१८ को नोभेम्बरमा पक्राउ परेका थिए। सन् २०१५ सम्म पाँच वर्ष कम्पनीबाट प्राप्त हुने आफ्नो आम्दानी कम देखाएको आरोप उनलाई लागेको थियो। बीबीसी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्