ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन वार्ता

२०७८ सावन, ४  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन  वार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई  आइतवार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिनुभएका मोदीले सोमवार भने टेलिफोनमा कुराकानी गर्नुभएको हो ।  उक्त अवसरमा आगामी दिनको सहकार्य र कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्ने  बारे कुराकानी भएको कुरा भएको परराष्ट्र मन्त्रालयले बताएको छ । 

यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन टेलिफोन वार्ता मार्फत दिनुभएको छ । 

प्रधानमन्त्री देउवाले आइतवार राती संसदमा १६५ जना सांसदहरुबाट विश्वासको मत हासिल गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदीको बधाई आएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्