ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

१३.९७ अंकले बढ्यो बजार, करीब १२ अर्बको शेयर कारोबार

२०७८ सावन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । साताको दोस्रो कारोबार  दिन सोमवार धितोपत्र कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ९७ अंक बढेर बन्द भएको छ । 

यस दिन अघिल्लो कारोबारको दिनको तुलनामा नेप्से शून्य दशमलव ४७ प्रतिशत वद्धि भई २ हजार ९९४ दशमलव ५८ विन्दुमा पुगेको हो । ३ हजार ३ दशमलव ४७ विन्दुदेखि खुलेको सोमवारको बजार ३ हजार ३२ दशमलव १३ विन्दुसम्म पुगेको थियो भने २ हजार ९८२ दशमलव ३७ विन्दुसम्म झरेको थियो ।

यस दिन कारोबार खुला भएको पाँच मिनेटमै नेप्सेले हालसम्मको उच्च विन्दुलाई समेत पार गरेको थियो । नेप्सेले उच्च विन्दु कायम गरेसँगै नाफा बुक गर्नेहरु सक्रिय हुँदा बजार प्रभावित बनेको थियो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने स्थिर रहेको छ ।

सोमवार कारोबार रकम भने अघिल्लो दिनको भन्दा बढी भएको छ । यस दिन २१९ ओटा कम्पनीको १ लाख ७ हजार ७९७ पटकको व्यापारमा रू. ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार बराबरको शेयर कारोबार भएको हो । अघिल्लो कारोबार दिन आइतवार ३ दशमलव ३७ प्रतिशत बढेको बजारमा रू. ११ अर्ब ६३ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो ।

सोमवार एनआईसी एशिया बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । बैंकको रू. ३५ करोड ४१ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन बैंकको शेयरमूल्य भने १ दशमलव ८८ प्रतिशत अर्थात प्रतिकित्ता रू. २० दशमलव २० ले घटेर अन्तिम मूल्य रू. १ हजार ४४ कायम भएको छ ।
सोमवार व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

यस दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ५ दशमलव २२ प्रतिशत बढेको छ भने वित्त समूहको सर्वाधिक १ दशमलव १७ प्रतिशतले घटेको छ । यस दिन सिनर्जी पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको ९ दशमलव २० प्रतिशतले बढेको छ । 

सिनर्जी पावरको शेयरमूल्य प्रतिकित्ता रू. ४६ दशमलव ८० ले बढेर अन्तिम मूल्य रू. ५१४ दशमलव ८० र विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ५२० ले बढेर अन्तिम मूल्य रू. ६ हजार १७० कायम भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्