ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दोहोरो अंकले बढेको बजारमा ७ ओटा कम्पनीका शेयरधनीले सर्वाधिक कमाए

२०७८ सावन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमवार कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये सात ओटा कम्पनीका शेयरधनीले सर्वाधिक कमाएका छन् ।  

यो दिन सिनर्जी पावर डेभलपमेण्ट कम्पनी, बिशाल बजार कम्पनी, नेपाल इन्स्योरेन्स, नागरिक लगानी कोष, हिमालयन उर्जा विकास कम्पनी, अरुण काबेली र हिमालयन पावर पार्टनरका शेयरधनीले सर्वाधिक कमाएका छन् । 

 दोहोरो अंकले बजार बढेसँगै ती सात ओटै कम्पनीको शेयरमूल्यमा उच्च दरले वृद्धि भएका कारण शेयरधनीले कमाएका हुन ।  ती सात ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिनर्जी पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५१४ पुगेको हो ।

त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव २० प्रतिशत,नेपाल इन्स्योरेन्स कम्पनीको ७ दशमलव ५७ प्रतिशत,नागरिक लगानी कोषको ६ दशमलव ४० प्रतिशत,अरुण काबेली पावरको ५ दशमलव ७० प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य  ५ दशमलव २८ प्रतिशतले वृद्धि भएको हो ।

ती सात ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६ हजार १७०, नेपाल इन्स्योरेन्सको रू.१ हजार १५०, नागरिक लगानी कोषको रू. ३ हजार ७२४, हिमालयन उर्जा विकास कम्पनीको रू.३९०,अरुण काबेली पावरको रू. ५१९ र हिमालयन पावर पार्टनरको शेयरमूल्य प्रतिकित्ता रू. ५२० पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्